यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक

240
  •  
  •  
  •  

काठमाडौं । श्रीलंकामा हुन लागेको एसीसी यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेलमा श्रीलंकासँग खेल्नेछ ।

एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको समुहमा श्रीलंकासँगै बंगलादेश र युएई रहेका छन् । जसमा नेपालले सेप्टेम्बर ६ तारिखमा पहिलो खेल घरेलु टिम श्रीलंकासँग खेल्नेछ भने दोस्रो प्रतिद्धन्द्धीका रुपमा बंगलादेश रहेको छ ।

उसँग नेपालले सेप्टेम्बर ८ तारिखमा खेल्नेछ । समुहको अन्तिम खेलमा नेपालले अर्को एसोसियट टिम युएईसँग १० तारिखमा खेल्नेछ ।

अर्को समुहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन । प्रतियोगिताका लागि नेपाली टिमले दुई साता अघिदेखि प्रशिक्षण शुरु गरेको थियो ।
नेपाललले अन्तिम नामावली एसीसीलाई पठाइसकेको छ ।


  •  
  •  
  •