यू–१८ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

112
  •  
  •  
  •  

काठमाडौं । साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि घरेलु टोली नेपालले अन्तिम टोली घोषणा गरेको छ ।

आगामी शुक्रबारबाट सुरु हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । घोषित टोलीको गोलकिपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् ।

काठमाडौंमा हुने च्याम्पियनसिपमा नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।  अन्तिम २३ मा गोलकिपर रोहित कार्की र दिपेश गुरुङले स्थान बनाउन सकेनन् । पोखरामा गरिएको अन्तिम बन्द प्रशिक्षण पछि मंगलबार सार्वजनिक गरिएको खेलाडीको सूचीमा गोलकिपरमा विशला सुनार, सूर्य अधिकारी र पुजन होना रहेका छन् ।
डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अन्जल महर्जन छन् ।

मिडफिल्डमा शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल, नितिन थापा रहेका छन् ।

फरवार्डमा बृजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी रहेका छन् ।


  •  
  •  
  •