एसिसि यू–१६ इस्टर्न रिजन क्रिकेट : नेपाल सेमिफाइनलमा

125
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख(ओएनएस) : थाइल्याण्डमा जारी एसिसि यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाली यू–१६ क्रिकेट टोली सेमिफाइनलमा पुगेको छ । नेपाल र थाइल्याण्डबीचको खेल वर्षाले रद्द भएपछि अंक बाँड्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

३ खेलबाट ५ अंक जोड्दै नेपाल समूह ए को विजेता बन्दा मलेसिया ४ अंकसहित उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।

घरेलु टोली थाइल्याण्ड र म्यानमार भने प्रतियोगिताबाट बाहिरिएका छन् । थाइल्याण्डले ३ अंक जोड्दा म्यानमार अंकविहिन रहेको थियो ।

टस जितेर ब्याटिङ गरेको नेपालले आसिस भट्टराईको अर्धशतकमा २ सय ३५ रनको लक्ष्य दिएको थियो । विशाल लक्ष्यसहित घरेलु टोली थाइल्याण्डले जवाफी ब्याटिङ सुरु गरेपछि चट्याङ र वर्षा भएपछि खेल रद्द गरिएको हो ।
नेपालले यसअघि मलेसिया र म्यानमारमाथि जीत निकालेको थियो ।


  •  
  •  
  •