एसिसी यू–१६: नेपाल बन्यो च्याम्पियन, सिंगापुर ७१ रनले पराजित

335
  •  
  •  
  •  

काठमाडौँ, २ पुस (ओएनएस) : नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। आइतबार थाइल्यान्डमा भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले ३५ ओभरमा ६ विकेट गुमाउदै १ सय ८४ रन बनाएको थियो । १ सय ८५ रनको लक्षका साथ मैदानमा उत्रेको सिंगापुरले ३१.५ ओभरमा १ सय १२ रनमा अलआउट हुन पुग्यो ।

सिंगापुरका लागि शाहीहर्षले सर्वाधिक ३१ रन बनाए भने अर्नव वाडवाले २१ रन र राहुल शर्माले १५ रन बनाए।

नेपालका सूर्य तामाङ र अजयकुमार लोनियाले समान ३ विकेट लिए। कुशल मल्ल र नारायण जोशीले १–१ विकेट लिए। नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ६३ रन बनाएका थिए भने नारायण जोशीले नटआउट ४६ रनको योगदान दिए । यस्तै सुवास ऐरले २२ रन, सुनील भण्डारीले १५ रन र प्रतिश जिसी १० रनमा नटआउट रहे। नेपालका अन्य ब्याट्म्यानहरुले दोहोरो अंक बनाउन सकेनन् ।


  •  
  •  
  •