यू–१५ साफ फुटबलमा नेपाल भारतसँग पराजित

360
  •  
  •  
  •  

काठमाडौं । भारतमा जारी पाँचौँ संस्करणको यू–१५ साफ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ ।

बुधबार कल्याणी रंगशालामा भएको खेलमा नेपाल भारतसँग ५–० को फराकिलो गोलअन्तरले पराजित भएको हो ।
भारतले खेलको पहिलो हाफमा तीन गोल गरेको थियो भने दोस्रो हाफमा पनि दुई गरेको थियो ।
भारतको जितमा महेसनले खेलको छैटौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए ।

त्यस्तै भारतका सुभो पाउले खेलको पहिलो हाफको २४ औँ मिनेटमा गोल गरे भने अनिस मजुमदरले खेलको ४३ औँ मिनेटमा एक गोल थपे । त्यसैगरी भारतका अर्का खेलाडी तैसन सिंहले खेलको ४९ औँ मिनेटमा गोल गरे भने श्रीदर्थले खेलको ५६ औँ मिनेटमा गोल गरे ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, श्रीलंका र भुटान रहेका छन् ।  नेपालले अब यही शुक्रबार श्रीलंकासँग खेल्नेछ ।


  •  
  •  
  •