माओवादी केन्द्रमा पदाधिकारी विवाद

163
  •  
  •  
  •  

काठमाडौं ७ जेठ ।
एमाओवादीसहित १० वटा माओवादी समूहको एकतापछि घोषित ६ सय ९९ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष पुष्पमकल दाहलबाहेक अन्य नेताहरुको बरिताक्रम मिालउने मामिलामा विवाद देखिएको छ ।

माओवादी घटक दलहरुको बिहीबार काडमाडौंमा भएको संयुक्त भेलामा दाहालपछि दोस्रो तोता नारायणकाजी श्रेष्ठ वा रामबहादुर थापामध्ये कसलाई बााउने भन्नेमा विवाद देखिएको छ ।

एक नेताका अनुसार कृष्णबहादुर महरा र वर्षमान पुनले थापालार्य दोस्रो नेता बनाउन चाहे पनि उनीहरुले मुख खोल्न सकेका छैनन् । गोपाल किरातीसहित एमाओवादीका पोलिटव्युरो तहका नेता र हितमान शाक्यले थापालाई दोस्रो तहको नेता बनाउन चाहेको ती नेताले बताए ।

क्रान्तिकारी माओवादीमा सचिव रहेका देव गुरुङले भने थापालाई सहअध्यक्ष , श्रेष्ठ र महरालाई उपाध्यक्ष बनाएर आफू महासचिवमा रहने इच्छा व्यक्त गरेका छन् ।

श्रेष्ठ र उनी पक्षका नेताहरु भने दाहालपछि स्वभाविक रुपमा दोस्रो तहको नेतामा आफू रहनुपर्नेमा दृढ देखिएका छन् ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •