माथिल्लो कर्णाली पीडीए विरुद्व सर्वोच्चमा रिट

92
  •  
  •  
  •  

काठमाडौं, ८ असोज (ओएनएस) ः माथिल्लो कणार्ली आयोजना विकास सम्झौता (पीडीए) विरुद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

स्थानिय ३६ जनताको तर्फबाट वारेस डम्वर रावलले बुधवार मुद्दा दर्ता गरेका हुन् । उनीहरुले पीडीएसम्वन्धि कार्य राष्ट्रको हित विपरित भएको तथा गैरकानुनी भएकोले सो सम्झौता वदर गरि पाँउ भन्दै रिट दायर गरेका हुन् ।

रिटमा माथिल्लो कर्णाली जलविद्युत आयोजना प्रवद्र्वक जिएमआर र नेपाल सरकारको तर्फबाट लगानी बोर्डले गरेको पिडीए नेपालको अन्तरिम संविधान,प्रचलित ऐन,नियमको विपरित हुनुको साथै नेपाल र नेपालीको हितमा नरहेको उल्लेख गरिएको छ ।
साथै मन्त्रिपरिषद,लगानी बोर्ड,उर्जामन्त्रालयलगायत १५ सरकारी निकायलाइ विपक्षी बनाइएको छ ।

सो रिटको पेसी असोज २६ गतेलाई तोकिएको छ ।


  •  
  •  
  •