नेपालबाट साउदी अरेबियासमक्ष ३२२ रनको लक्ष्य

161
  •  
  •  
  •  

काठमाडौं, २३ कात्तिक (ओएनएस) : कुबेतमा सुरु एसीसी यू–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई  ३२२ रनको लक्ष्य दिएको छ ।

कुबेत सिटीको सुलाबिया मैदानमा जारी खेलमा साउदी अरेबियाले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले एक बल खेल्न बाँकी छदा ३२१ रन बनाएको हो ।

नेपालको लागि शंकर रानाले सर्वाधिक ८९ रनको पारी खेले । उनले ८२ बल खेल्दा ११ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान राजु रिजाल १ रन बाट अर्धशतक बनाउन चुके । ४९ रनको पारी खेल्ने क्रममा राजुले २ चौका हिर्काए ।

यस्तै सुशील कडेलले ४२, आरिफ शेखले ३३ र शुनिल धमालले २६ रनको योगदान गरे । साउदी अरेबियाको लागि फैसल खानले सर्वाधिक ५ विकेट लिए । नेपाल र साउदी अरेबियासँगै प्रतियोगितामा अफगानिस्तान, मलेसिया, कुबेत र युएईले भाग लिएका छन् ।


  •  
  •  
  •