यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि

220
  •  
  •  
  •  

काठमाडौँ, १३ माघ(ओएनएस) : यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता आजदेखी बंगलादेशमा सुरू भएको छ । आजको उद्घाटन खेलमा बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्दैछ । आज हुने खेलमा इङल्याण्ड र फिजीबीच पनि प्रतिष्पर्धा हुदैछ ।

नेपालले आफ्नो पहिलो खेलमा भोली(बिहिबार) न्युजिल्याण्डसँग सामना गर्नेछ । नेपालको समूहमा न्युजिल्याण्डसहित भारत र आयरल्याण्ड रहेका छन् । यसअघि सोही समूहमा रहेको अष्ट्रेलियाले सुरक्षाको कारण देखाएर नखेल्ने भएपछि प्रतियोगितामा आयरल्याण्डलाई उक्त समूहमा राखिएको हो । नेपालले समूहको दोस्रो खेलमा शनिबार अर्थात् १६ गते आयरल्याण्डसँग प्रतिषपर्धा गर्नेछ भने अन्तिम खेल सोमबार अर्थात् माघ १८ गते भारतसँग खेल्नेछ ।

नेपालले पहिले पनि टेष्ट मान्यता प्राप्त टोलीहरू दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्याण्ड, बंगलादेश र जिम्बाब्बेलाई उमेर समूहमा पराजित गर्दै आफूलाई कडा प्रतिष्पर्धी भएको साबित गरिसकेको छ ।


  •  
  •  
  •