यु-१९ प्रिमियर ट्रफीका लागि १४ सदस्यीय टोलीको घोषणा

127
  •  
  •  
  •  

काठमाडौ, १६ कात्तिक(ओएनएस) : एसियन क्रिकेट काउन्सिल(एसीसी) यु-१९ प्रिमियर ट्रफीका लागि नेपाल क्रिकेट संघ(क्यान)ले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

राजु रिजालको कप्तानीमा उत्रने टोलीमा सिनियर टोलीबाट डिभिजन थ्रीमा खेलिसकेका आरिफ शेख उपकप्तान रहनेछन् । यस्तै, टोलीका अन्य सदस्यमा आशिष धामी, सौरभ खनाल, शंकर राना, ईर्साद अहमद, सन्दिप सुनार, योगेन्द्र कार्की प्रेम तामाङ, सुशील कँडेल छन् । यस्तै सुनिल धमला, दिपेन्द्र ऐरी, अर्जुन चापागाईं र दिपेश श्रेष्ठ पनि टोलीमा परेका छन् ।

वैकल्पिकमा हेमन राई, कुशल भुर्तेल, निरज मुखिया र राजविर सिंह रहेका छन् । एसीसी यू-१९ प्रिमियर ट्रफी नोभेम्बर ५ देखि १५ कुवेतमा हुनेछ ।


  •  
  •  
  •