एसीसी यू-१९ छनौट खेलको तयारीमा जुट्यो नेपाली टिम

142
  •  
  •  
  •  

U-19-cricket-team-nepal
काठमाडौं, २ भदौ (ओएनएस) : भदौ १९ देखी सुरु हुने एसीसी अन्डर नाइन्टिन इस्र्टन रिजनको छनौट खेलका नेपाली अन्डर–१९ ले तयारी सुरु गरेको छ । प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा २८ खेलाडीलाइ बोलाइएको छ ।

यो पटक नेपाली टिमको अभ्यास विषेशगरी ब्याटिङमा केन्द्रित हुनेछ । पछिल्लो पटक विश्वकप छनौट खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले यो पटक ब्याटिङ कन्सलट्यान्ट ल्याउने तयारी समेत गरेको छ ।

किर्तिपुर स्थित टियु मैदानमा सुरु बन्द प्रशिक्षणको पहिलो दिन शुक्रबार खेलाडीले सामान्य फिटनेशमा विताए । विनोद दासको प्रशिक्षणमा रहेको यो टिमलाइ अहिलेसम्मकै उत्कृष्ट युवा टोली मानिएको छ ।

वलिङ र फिल्डिङमा अब्बल देखिएको टोली ब्याटिङमा कमजोर हुँदा नेपालले अन्डर नाइन्टिन विश्वकपमा छनौट हुने अवसर गुमाएको थियो । त्यसैले यो पटकको तयारीमा ब्याटिङ पहिलो प्राथमिकतामा पर्ने बताइएको छ ।

नौ गते सम्म मलेसिया जाने फाइनल स्क्वाडको नाम सार्वजनिक गरिने त्यसपछि ब्याटिङ, वलिङ र फिल्डिङ छुट्याएर अभ्यास गरिने प्रशिक्षक दासले जानकारी दिए ।

विश्वकपमा नेपालको ब्याटिङलाइ डिजास्टारको संद्दा दिएका दासले ब्याटिङ कन्सलट्यान्ट ल्याउन एसीसी समक्ष प्रस्ताव गरेको बताएका छन । छनौट खेलमा नेपाल सहित मलेसिया, सिंगापुर , हङकङ, थाइल्यान्ड, भुटान र चीन छन । अरु टिमले भने एक महिना अघिदैखीनै तयारी सुरु गरिसकेका छन् ।


  •  
  •  
  •