यू–१९ एसिया कप क्रिकेटका लागि प्रशिक्षण शुरु

109
  •  
  •  
  •  

काठमाडौं । श्रीलंकामा हुने यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीले अनौपचारिक रुपमा प्रशिक्षण शुरु गरेको छ ।

औपचारिक प्रशिक्षण सोमबारदेखि मात्रै सुरु हुने जनाइएको छ ।
प्रतियोगिताका लागि १ महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा प्रशिक्षक विनोद दासले काठमाडांैमा उपलब्ध खेलाडी समेटेर बिहीबारदेखि अनौपचारिक प्रशिक्षण शुरु गरेका हुन् ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा प्रशिक्षणको पहिलो दिन १६ जना खेलाडी उपस्थित छन् ।

सोमबारदेखि अघिल्लो महिना भएको एसीसी इस्टर्न रिजन च्याम्पियनसिपका लागि छनोटमा परेका खेलाडीमध्येबाटै २४ जनालाई विशेष प्रशिक्षणमा बोलाइनेछ ।

नेपालले इस्टर्न रिजन च्याम्पियनको हैसियतमा एसिया कप खेल्न पाउने भएको हो । प्रतियोगितामा नेपालसहित साविक विजेता भारत, पाकिस्तान, बंगलादेश, कुवेत, श्रीलंका र यूएई खेल्नेछन् ।


  •  
  •  
  •