अण्डर १९ टोली आज बंगलादेश जाँदै

182
  •  
  •  
  •  

काठमाडौँ, ६ माघ(एजेन्सी) : बंगलादेशमा हुने यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुनका लागि नेपाली टोली आज बंगलादेश प्रस्थान गर्दैछ । २० सदस्यीय टोली आज बंगलादेश जान लागेको हो ।

राजु रिजाल कप्तान रहेको टोलीको उपकप्तान आरिफ शेख रहेका छन् । टोलीमा सुनिल धमला, सन्दीप सुनार, योगेन्द्रसिंह कार्की, शंकर राना, दीपेन्द्रीसंह ऐरी, राजवीर सिंह, प्रेम तमाङ, इशान पाण्डे, दीपेश श्रेष्ठ, सन्दीप लामिछाने, सुशील कँडेल, हिमांशु दत्त र कुशल भुर्तेल रहेका छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगतबहादुर टमाटा छन् भने बलिङ प्रशिक्षकमा बिनोद दास रहेका छन् । व्यवस्थापकमा सुदीप शर्मा, प्राविधिक विश्लेषकमा रमण सिवाकोटी र चिकित्सकमा दिनेश भट्ट रहेका छन् ।

नेपालले माघ १४ गते न्युजिल्यान्डसँग पहिलो खेल खेल्ने छ । नेपाल रहेको समूहमा आयरल्यान्ड र भारत रहेका छन् ।


  •  
  •  
  •