नेपालको सनसनीपूर्ण जीत

374
  •  
  •  
  •  

10613096_601704513292619_3441017662509603062_nकाठमाडौं, २६ कात्तिक (ओएनएस):  कुवेतमा जारी यू–१९ एसीसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले सनसनीपूर्ण जीत दर्ता गराएको छ ।

खराब ब्याटिङ गरेपनि नेपाली खेलाडीहरुले उत्कृष्ट बलिङको नमुना प्रस्तुत गर्दैे मलेसियामाथि ५३ रनको जीत हात पार्न सफल भए । नेपालले दिएको ११५ रनको लक्ष्य पछ्याएको मलेसिया ३०.४ ओभरमा ६२ रनमा अलआउट भएपछि नेपालले लागतार तेस्रो जित निकाल्न सफल भयो ।

नेपाली बलरले ६ मलेसियन ब्याट्सम्यानलाई शून्य रनमा पेभिलियनको बाटो देखाएका थिए । यस्तै चार ब्याट्सम्यानले दुई अंकमा रन जोड्न सकेनन् । मलेसियाको लागि दुई अंकको रन बनाएका अन्वार रहमानले ३३ रन जोडे । कप्तान राजु रिजालले ७ बलरलाई बलिङ गर्न लगाउदै मलेसियाको इनिङ ध्वस्त पारे । नेपालको लागि अर्जुन चापागाईले ३ विकेट लिए भने सुशील कडेल र सौरभ खनालले २–२ विकेट हात पारे ।

टस हारेको नेपालले कमजोर ब्याटिङ गरेको थियो । यसअघि लगातर दुई खेलमा जित पारेको नेपालले ४० ओभर खेल्दै ११५ रन बनाउदा सबै विकेट गुमायो । नेपालको लागि कप्तान राजु रिजालले सबैभन्दा बढि ३९ रन बनाए । रिजालले ५६ बल खेल्दा ४ चौका प्रहार गरे । यस्तै ओपनर शुनील धमालले १९ र उनका जोडी प्रेम तामाङले १६ रन जोडे ।

पुछार क्रमका ब्याट्सम्यान योगेन्द्रसिंह कार्कीले ११ रन बनाउदा दिपेन्द्र सिंह ऐरि १२ रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालको इनिङ ध्वस्त पार्न मलेसियाका बिरन्दीप सिंहले ३ विकेट लिदा अन्वार रहामान, पवनदिप सिंह र मोहमद हाफिजले २–२ विकेट लिए । यसअघि नेपालले पहिलो खेलम साउदी अरेबियालाई १९५ रन र कुवेतलाई २६२ ले पराजित गरेको थियो ।


  •  
  •  
  •