नेपालको विजय यात्रामा पूर्णबिराम

156
  •  
  •  
  •  

Nepallllकाठमाडौं, २८ कात्तिक (ओएनएस) : कुवेतमा जारी एसिसी यू–१९ प्रिमियर लिग क्रिकेटमा कमाजोर ब्याटिङ गरेपछि नेपाल चौथो खेलमा पराजित भएको छ । यसअघिका तीन खेलमा सानदार जित दर्ता गराएको नेपाललाई चौथो खेलमा अफगानिस्तानले ५ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १३५ रनको झिनो लक्ष्य अफगानिस्तानले ३६ ओभर खेल्दै ५ विकेट गुमाउदा पार ग¥यो । अफगानिस्तानको लागि सबिबुल्लाहले ५२ रनको पारी खेले । त्यसअघि ओपरन इनानुल्लाहलाई सुशील कडेलले १४ रनमा बोल्ड गर्दा अर्का ओपनर जाजई ५ रन जोड्दा सुनील धमलाको बलमा बोल्ड भए । यस्तै मुस्लिम मुसा ११ रनमा आउट हुँदा साउकत ज्यामानले २७ रन जोडे । य

स्तै तारिक ११ र जाफत ७ रनमा अविजित रहे । हारपछि नेपाल ६ अंक सहित समूहको दोस्रो स्थानमा छ भने ८ अंक जोडेको अफगानिस्तान शीर्ष स्थानमा छ । बलिङतर्फ नेपालका प्रेम तामाङले २ विकेट लिदा सुशील, सुनील र सौरभ खनालले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभरमा १३४ रन जोड्दा सबै विकेट गुमायो । नेपालको लागि योगेन्द्र्र सिंह कार्कीले सबैभन्दा बढि २३ रन जोडे । यस्तै ओपनर सुशील धमालले १७ र उनका ओपनीङ पार्टनर सन्दीप सुनारले १६ रन भन्दा बढि जोड्न सकेनन् ।

त्यसपछि क्रिजमा आएका प्रेम तामाङ शून्य रनमा आउट हुँदा कप्तान राजु रिजालले २१, आरिफ सेखले १०, सौरभ खानलले १३, दिपेन्द्र सिंह ऐरीले १० र इर्साद अहमेदले ३ रन जोडे । अर्जुन चापागाई र शुसिल कडेलले खाता खोल्न सकेनन् । नेपालको इनिङ ध्यस्त पार्ने क्रममा अफगानिस्तानका रसिद खानले ४ विकेट लिए भने सबिबुल्लाह र जहिओर रहमानले २–२ विकेट लिए । य

सअघि नेपालले पहिलो खेलमा साउदी अरेबिया, दोस्रो खेलमा कुवेत र तेस्रो खेलमा मलेसियामाथि सानदार जीत दर्ता गराएको थियो ।


  •  
  •  
  •