नेपालले दियो आफगानिस्तानलाई १३५ रनको झिनो लक्ष्य

178
  •  
  •  
  •  

10613096_601704513292619_3441017662509603062_nकाठमाडौं, २८ कात्तिक (ओएनएस) : कुवेतमा जारी एसिसी यू–१९ प्रिमियर लिग क्रिकेटमा नेपालले आफगानिस्तानलाई १३५ रनको झिनो लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभरमा १३४ रन जोड्दा सबै विकेट गुमायो । नेपालको लागि योगेन्द्र्र सिंह कार्कीले सबैभन्दा बढि २३ रन जोडे ।

यस्तै ओपनर सुशील धमालले १७ र उनका ओपनीङ पार्टनर सन्दीप सुनारले १६ रन भन्दा बढि जोड्न सकेनन् । त्यसपछि क्रिजमा आएका प्रेम तामाङ शून्य रनमा आउट हुँदा कप्तान राजु रिजालले २१, आरिफ सेखले १०, सौरभ खानलले १३, दिपेन्द्र सिंह ऐरीले १० र इर्साद अहमेदले ३ रन जोडे । अर्जुन चापागाई र शुसिल कडेलले खाता खोल्न सकेनन् ।

नेपालको इनिङ ध्यस्त पार्ने क्रममा अफगानिस्तानका रसिद खानले ४ विकेट लिए भने सबिबुल्लाह र जहिओर रहमानले २–२ विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा साउदी अरेबिया, दोस्रो खेलमा कुवेत र तेस्रो खेलमा मलेसियामाथि सानदार जीत दर्ता गराएको थियो ।


  •  
  •  
  •