मन्त्री क्वाटरभित्रै सौताको मारामार

82
  •  
  •  
  •  

काठमाडौ १ असोज । मन्त्री क्वार्टरभित्रै सौतासौताबीच घम्साघम्सी । छोरो यही बेला बिरक्तिएर हिँड्ने । उता, हनुमानढोकामा यिनैको कुरालाई लिएर अर्को गर्मागर्मी । सिनेमा लेख्नेहरुले पटकथा बनाएजस्ता यी घटना फरक छन्, तर वास्तविक हुन् । यस्तो पीडा खेप्ने हालै अपदस्थ मन्त्री हुन् । उनी यस्तै पीडाका बीच देशको हालखबर बुझ्न मन्त्रालयमै समाचार हेर्दै थिए, आँफै पदबाट हटेको समाचार देख्नुपर्‍यो ।

उनी हुन्, निवर्तमान उद्योगमन्त्री कर्णबहादुर थापा । बेला राष्ट्रिय अनुसन्धानको असईमा भर्ना भएका थिए । अहिले आफ्नै बुबा एकतिर दुई निसानमा भनेजस्तो थापा र पर्यटनमन्त्री भीम आार्यलाई निकालेर अरु मन्त्री पनि तर्साउने यो काइदाको चर्चा एक ठाउँमा छ । पार्टी अध्यक्ष केपी ओलीका विश्वासिला कर्ण बिनाखबर हटाइनुपूर्व उनले खेपेको हैरानीका कथा अनेकन छन् । पहिलो झन्झट हो घर झगडाको । छोरो सहवीर भीम रावल गृहमन्त्री भएकाबेला इन्स्पेक्टर बन्ने चाहना जाग्नु स्वभाविक थियो । त्यसमाथि ओलिनिकट बामदेब गृहमन्त्री भएका बेला समय झन अनुकुल हुने नै भयो । तर सहवीरले सोचेजस्तो मौका पाएनन् ।

यसपछि जागिर, घर र दसैं छाडेर हिँडे । मकाउमा छु भनेर फोन गरेका थिए । ‘कान्छीसँग बसेर देशको मन्त्री हुने, तर जेठीतिरबाट भएको एउटा छोरोलाई पनि लखेट्ने ?’ यसो भन्दै बाजुराको मार्तडीबाट कर्णकी जेठीपत्नी बम्किँदै काठमाण्डु आइन् । ‘मेरो छोरो किन निकालिस् ?’ भन्दै कान्छी कमला ओलीसँग घम्साघम्सी नै चल्यो ।
व्यक्तिगत पनि होइन,अरु सबै मन्त्री बस्ने पुल्चोकस्थित सरकारी आवासमा भएको घटना हो यो । पत्नीहरु झगडामा ओलिर्एपछि कर्णले यसलाई मिलाउनै पथ्र्यो । छोरोसँग आमाको कुरा गराए । त्यति धेरै विरक्तिएको होइन भन्ने प्रमाणित गराए ।

इन्स्पेक्टर बनाइदिने कुरा बामदेवलाई भनेको तर बामदेवले पछि गरौंला भनेर पन्छाएको कुरा सुनाए । त्यसपछि सहमति भयो दुवैजना मन्त्री क्वार्टरमै बस्ने । अलगअलग भान्सा गर्ने । आफूले चाहिँ दिन बिराएर एकदिन जेठी कहाँ, एकदिन कान्छीकहाँ खानेबस्ने । तर पत्नीहरु मिलाएर के गर्नु, हप्ता दिनपछि मन्त्री पद नै चट् भयो । जनआस्था साप्ताहिकबाट


  •  
  •  
  •