दुई जनमोर्चा, नेपालवीच एकता

146
  •  
  •  
  •  

काठमाडौं, २८ साउन (ओएनएस) : साध्य बहादुर भण्डारीले नेतृत्व गरेको जनमोर्चा, नेपाल र जे.बी धौलाकोटीले नेतृत्व गरेको जनमोर्चा, नेपाल पार्टीवीच एकता भएको छ ।
बुधवार राजधानीमा जनमोर्चा, नेपाल पार्टी एकता र भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पश्चातको परिस्थिति वारे पत्रकार सम्मेलन गरि दुवै पार्टीका महासचिवले पार्टी एकताको घोषणा गरेका हुन् ।

जनमोर्चा, नेपालका महासचिव साध्यबहादुर भण्डारीले दुवै पार्टीको नेपाली क्रान्तिको रणनीति र कार्यनीति एउटै रहेको, सैद्धान्तिक वैचारिक धरातल र अभिष्ठ एउटै रहेकोले पनि पार्टी एकता गरेको बताएका छन् । उनले भने–राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा हामी दुवै पार्टीको समान दृष्टिकोण छ ।’ हाम्रो एकताले नेपाली क्रान्तिकारी वामपन्थी आन्दोलनको गलत दिशालाई फर्काएर सवै वामपन्थीहरुवीच एकिकरणको ढोका खोल्न मद्दत पुग्ने छ, भण्डारीले भने ।

जनमोर्चा, नेपालका महासचिव जे.बी. धौलाकोटीले पनि आफूहरुको सिद्धान्त र कार्यक्रम एउटै भएकाले मिल्नुको विकल्प नभएर पार्टी एकता गरेको बताएका छन् । उनले भने–हाम्रो एकता सँगै क्रान्तिकारी वामपन्थी शक्ति, दल र व्यक्तिहरु समेतलाई एकिकरणको मार्गमा सामेल हुन मद्यत पुग्छ ।
पार्टी एकतासँगै पार्टीका अध्यक्षमा साध्यबहादुर भण्डारी, उपाध्यक्षमा झक बहादुर भुषाल, सचिवमा जे.बी. धौलाकोटी र कृष्ण बहादुर तिवारी र सल्लाहकारमा पुण्यराम शिल्पकार, सुरेन्द्र महर्जन रहने जनाएको छ ।

जनमोर्चा, नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई नेपाल–भारत सम्बन्ध सुधारका लागि नयाँ ढोका खोल्न सक्ने कोशेढुँगा सावित हुने पनि बताएको छ । उनीहरुले भारतीय पक्षबाट विवादमा ल्याउन खोजिएको गौतम बुद्धको जन्म नपालमै भएको स्पष्ट धाराणा, एक अर्ब डलरको सहुलियत ऋण, पशुपतीनाथा लगायत विभिन्न धार्मिक स्थानहरुमा पर्यटन वृद्धि गर्ने चाहना र पूर्वाधार विकाशको लागि व्यक्त प्रतिबद्धताको सराहना गरेका छन् ।
उनीहरुले भारतले नेपालसँग गरेका विगतका सन्धी सम्झौताहरुको भने खारेजीको माँग गरेका छन् । त्यस्तै नेपाल–भारत सिमा क्षेत्रमा भएको विवाद तत्काल समाधान गर्नुपर्ने पनि माँग गरेका छन् । उनीहरुले विगतमा भएका असमान सन्धी सम्झौता खारेजी नगरिए नेपाल–भारत सम्बन्ध नयाँ सिसीमा पुरानै रक्शी हुने पनि आरोप लगाएका छन् ।


  •  
  •  
  •