दुई राप्रपाबीच एकीकरण

198
  •  
  •  
  •  

काठमाडौँ, ३ मंसिर(ओएनएस) : नेतृत्वको विवादका कारण विभाजित भएको राष्ट्रिय प्रजातन्त्र पार्टी पुन: एकीकरण भएको छ ।

काठमाडौँमा बिहिबार बसेको दुई राप्रपाको बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेको हो । पशुपति शमसेर राणा र लोकेन्द्र बहादुर चन्दबीच पालैपालो नेतृत्व सम्हाल्ने सहमति भएपछि पार्टी एकीकरण सहज बनेको हो । सहमति अनुसार लोकेन्द्रबहादुर चन्दले राप्रपाले पहिलो वर्ष नेतृत्व गर्ने भएका छन् भने दोस्रो वर्ष पशुपति समशेर राणा र तेस्रो वर्ष प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्ने छन् ।

सहमति अनुसार दुबै समूहले निर्वाचन आयोगमा एकअर्काविरुद्ध लगाएको मुद्दा पनि फिर्ता गरेका छन् ।

पार्टी एकीकरणका लागि बसेको बैठकमा राप्रपाका पूर्वअध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलकुमार थापा र राप्रपा नेता प्रकाशचन्द्र लोहनी भने उपस्थित थिएनन् ।


  •  
  •  
  •