दुई वटा पेट्रोल पम्प सिल

149
  •  
  •  
  •  

विराटनगर, १० मंसिर(ओएनएस) : अनुगमनका क्रममा पेट्रोलियम पदार्थमा कालोबजारी गरेको आशंकामा विराटनगरका दुईवटा पेट्रोल पम्प सिल गरिएको छ ।

भारतले गरेको अघोषित नाकाबन्दीका कारण तेलको अभाव भएका बेला कालोबजारी गरेको आशंकामा दुईवटा पेट्रोल पप्प सिल गरिएको नेपाल गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख मनिशकुमार दासले जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थ वितरणमा शंका लागेपछी विराटनगरको कोशी आयल र एबी पेट्रोल पप्पामा सिल गरिएको हो ।

उनले कोसी आयलको डिजल वितरण मेसिन र एबी पेट्रोलपम्पको पेट्रोल वितरण गर्ने पम्पमा शंका लागेकाले सिल गरिएको बताए । उनले भने, ‘पप्प ड्राई अवस्थामा भएकाले प्रशासनमा हाजिर हुन भनेका छौ ।’

उनका अनुसार मापदण्ड भित्र वितरण गरेपनि स्टक नभएको अवस्थामा दुईवटै पेट्रोल पप्पमा सिल गरिएको हो । त्यस्तै, अन्नपूर्ण पेट्रोल पप्पमा पनि अनियमितता देखेपछि कागजपत्र सहित प्रशासनमा उपस्थित हुन भनिएको छ ।

तराई बन्द र भारतले गरेको अघोषित नाकाबन्दीको मौका छोपेर कालोबजारी मौलाएको गुनासो बढेपछि प्रशासनले अनुगमन सुरु गरेको छ । नाकाबन्दीले गर्दा बढि अभाव देखिएको ग्यास र पेट्रोलिय पदार्थको कालोबजारी बढेपछि प्रशासन, वाणिज्य र नापतौल कार्यालयले अनुगमन अगाडी बढाएको हो ।

दुई महिनायता भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलिय पदार्थको अभाव सृजना भएपछि प्रशासनले मितव्ययी रुपमा पेट्रोलियम पदार्थ बाड्न कुपनको व्यवस्था गरेको थियो । तर, केहीमात्रामा कुपन बिना नै तेल वितरण गरेको पाइएको वाणिज्य कार्यालय विराटनगर प्रमुख नयाराज नेपालले बताए ।


  •  
  •  
  •