६ रूपैयाँ ४० पैसाले लियो दुईको ज्यान

95
  •  
  •  
  •  

murderकाठमाडौ, २९ जेठ(एजेन्सी) : उत्तर प्रदेशको इलाहाबादमा भारतीय ४ रूपैयाँ(६ रूपैयाँ ४० पैसा)का लागि झगडा हुँदा दुई जनाले ज्यान गुमाएका छन् । झगडाका क्रममा चलेको गोली लागी दुई जनाले ज्यान गुमाएका हुन् ।

घटना गहुँ पिस्ने विषयबाट सुरू भएको हो । घूरपुरको मुहद्दीपुरमा बस्ने रजत शुक्रबार गहुँ पिस्नका लागि मिल पुगेका थिए । गहुँ पिसेपछि ज्याला दिने बेलामा रजतले ४ रूपैयाँ कम दिएपछि झगडा सुरू भएको थियो । मिलका मालिक घनश्यामले झगडाका क्रममा पेस्तोल निकालेर प्रहार गर्दा मिलमा रहेका आँशु राहुल र रजतको घटनास्थलमा नै मृत्यु भएको भारतीय सञ्चारमाध्मयले जनाएका छन् ।

जब रजतका परिवारले यस घटनाबारे थाहा पाए उनीहरुले घनश्यामको मिल र घरमा आगो लगाइदिए । घटनास्थलमा पुगेको प्रहरीले हत्या र मारपिटको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको समाचारहरूमा जनाइएको छ ।


  •  
  •  
  •