एमाओवादीका माग सम्बोधन गर्न कांग्रेस एमाले सकारात्मक

63
  •  
  •  
  •  

काठमाडौं, ७ भदौ (ओएनएस):  एमाओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन नगरे वार्तामा अडान दिएपछि सत्तारुढ दल कांग्रेस एमालेबीच एमाओवादीका माग गंभिर रुपमा लिने सहमति गरेका छन् ।

दुई दलको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमाओवादीको मागलाई गंभिरतापुर्वक लिँदै माग सम्बोधन गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय भएको छ । बैठकमा २६ सभासद नियुक्ती र विभिन्न मुलुकमा रिक्त राजदुत नियुक्तीकोलागि सहमति जुटाउन सोमवार संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ ।

२६ सभासद नियुक्ती, राजदुत नियुक्ती र संविधानका विवादित विषयमा सहमति जुटाउन आइतवार बसेको प्रमुख तीन दलको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन हुनुपर्ने र त्यसको संयोजक आफूले पाउनुपर्ने दाबी गरेपछि बैठक विना निष्कर्ष टुंगिएको थियो ।


  •  
  •  
  •