दुई प्रमुख दलले मोर्चासँगको वार्ताका विषयमा साझा धारणा बनाउने

351
  •  
  •  
  •  

काठमाडौँ, ३० कात्तिक(ओएनएस) : सत्तासिन प्रमुख दुई दलले मधेसी मोर्चासँगको वार्ता र सीमांकनका विषयमा साझा धारणा बनाउने भएका छन् । साझा धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भईरहेको भेटवार्तामा मधेसी मोर्चासँग हिजो भएको बार्ताको समिक्षासहित अब सरकारले चाल्ने कदमका विषयमा छलफल हुनेछ । दुईदलको छलफल पछि नेपाली कांग्रेस सहितको बैठक बसेर तीन दलले साझा धारणा बनाउने छन् । तीन दलले सीमांकनमा साझा धारणा बनाएपछि मधेसी मोर्चासँग वार्ता गर्ने तयारी छ ।


  •  
  •  
  •