सत्तापक्षको बैठक बालुवाटारमा

132
  •  
  •  
  •  

काठमडौं २३ माघ (ओएनएस) : विपक्षी मोर्चाले राखेका मागका विषयमा साझा धारणा बनाउन सत्तासिन दल छलफलमा जुटेका छन् । आन्तरिक रुपमा प्रक्रिया र सहमति सँगै लैजाने निणर्यका गरेका सत्तासिन कांग्रेस एमाले आज प्रक्रिया स्थगन गर्न सकिने विषयमा पनि छलफल गर्नेछन् ।

प्रक्रिया फिर्ता हुने सम्भावना नरहेकाले सहमतिका लागि रोक्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए । उनका अनुसार विपक्षी मोर्चालाई सहमतिका लागि एक मौका दिनुपर्ने आवाज सत्तापक्षभित्रै उठेकाले त्यस विषयमा छलफल हुन लागेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा राष्ट्रपतिसँग भएको सम्वाद, विपक्षी मोर्चाले राखिरहेका मागका विषयमा छलफल हुने कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिए । उनका अनुसार आजको बैठकमा सबै सम्भावना विषयमा छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको टेलिफोन वार्ताका विषयमा पनि जानकारी गराउने छन् ।  छलफल बिहान ९ बजेपछि बोलाइएको हो । विपक्षी मोर्चाले संविधानसभा बहिष्कार गरि आन्दोलन समेत सुरु गरिसकेको छ ।


  •  
  •  
  •