दुई मड्रिडलाई झड्का, बार्सिलोनासँगको दुरी बढ्यो

185
  •  
  •  
  •  

real vs malagaकाठमाडौँ, १० फागुन(ओएनएस) : स्पेनको ला लिगामा गयराती सम्पन्न खेलमा रियल मड्रिड र एथलेटिको मड्रिडलाई झड्का लागेको छ । दुवै मड्रिडले आ-आफ्नो खेल बराबरीमा टुङ्ग्याएपछि दुवै टोलीलाई झड्का लागेको हो । दुवै टोलीले बराबरी खेल्दै अंक बाडेपछि बार्सिलोनासँगको दूरी बढेको छ ।

गयराती सम्पन्न खेलमा रियल मड्रिडलाई मलागाले बराबरीमा रोकेपछि रियलले २५ खेलबाट ५५ अंक जोडेको छ भने बार्सिलोनासँगको दूरी ९ अंकले बढेको छ । यस्तै, एथलेटिको मड्रिड भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएपछि २५ खेलबाट ५५ अंक जोड्दै बार्सिलोनासँगको दूरी ८ अंकमा पुर्‍याएको छ ।

रियल मड्रिडले मलागासँग १-१ गोलको बराबरी खेलेका थिए । रियलले खेलको ३३ औँ मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । यस्तै, खेलमा ३६ औँ मिनेटमा रियलले पाएको पेनाल्टीलाई रोनाल्डोले मिस गरेका थिए । पहिलो हाफमा रियलको अग्रता कायम रह्यो तर, खेलको ६७ औँ मिनेटमा मलागाका राउल अल्बेन्टोसाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

रोनाल्डोले गरेको पेनाल्टी मिस नै खेल बराबरी हुने प्रमुख कारण बन्यो र बार्सिलोनासँग दुरी कम गर्ने अवसर पनि गुम्यो ।

रियल अंकतालिकामा ५४ अंकसहित तेस्रो स्थानमा छ भने एथलेटिको मड्रिड ५५ अंकसहित दोस्रो स्थानमा छ ।


  •  
  •  
  •