ब्रसेल्स विमानस्थलमा बिस्फोट, २१ को मृत्यु

288
  •  
  •  
  •  

काठमाडौँ, ९ चैत(एजेन्सी) : बेल्जियमको राजधानी ब्रसेल्समा मंगलबार विमानस्थलमा बम बिस्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । उक्त घटनापछि ब्रसेल्समा लेवल-४ आपतकालिन अवस्थाको घोषणा गरिएको समाचारमा जनाइएको छ ।

विमानस्थलमा बम बिस्फोट गराउनुअघी आक्रमणकारीले गोली समेत चलाएका थिए । ब्रसेल्सको ज्यावनटम विमानस्थलमा बिहान २ वटा बम विस्फोट भएको हो । उक्त बिस्फोटपछि एक मेट्रो स्टेशनमा पनि बिस्फोट भएको सूचना प्राप्त भएको बताइएको छ । बिस्फोटनपछि मेट्रो स्टेशनलाई खाली गरिएको थियो र अन्य मेट्रो स्टेशन पनि बन्द गरिएको समाचारमा जनाइएको छ ।

उक्त मेट्रो स्टेशन युरोपियन युनियन हेडक्वाटर नजिकै रहेको छ । बिस्फोटमा केही मानिस घाइते भएको हुन सक्ने बताइएको छ ।

बिस्फोटपछि सुरक्षा संस्थाहरूले कारबाही सुरू गरेका छन् । सर्च अपरेशनका क्रममा दुई वटा बम र तीन वटा आत्मघाती बेल्ट बरामद गरेका छन् । सर्च अपरेशन भने जारी छ । त्यहाँको सरकारी च्यानल बिआरएटीका अनुसार विमानमा भएको हमला आत्मघाती धमाका हो ।

अहिले विमान बन्द गरिएको छ । स्थानीय समानुसार बिहान करिब ७ बजे भएको हो । रोयटर्सका अनुसार युरोपियन युनियन हेडक्वाटर नजिकै मेट्रो स्टेशनमा बिस्फोट भएको थियो ।

यसपछि टर्मिनलमा सयौँ मानिस फसेका छन् र घाइते पनि भएका छन् । एक बिस्फोट अमेरिकन विमानको डेस्कमा पनि भएको थियो । बिस्फोट कसरी भयो भन्ने खुल्न सकेको छैन् ।


  •  
  •  
  •