करीब एक केजी सुनसहित दुई जना पक्राउ

134
  •  
  •  
  •  

two arrested with goldरुपन्देही, १२ जेठ(ओएनएस) : रूपन्देही जिल्लामा करीब एक केजी सुनसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका ३ बाट जेठ १२ गते बिहान एपीएफ टोलीले भारतको जिल्ला मोतिहारी बिहार घर बताउने २५ वर्षिय हरिओम कुमार र २६ वर्षिय सुजित कुमारलाई सुनसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक शंकर खनालको कमाण्डमा खटिएको एपीएफ टोलीले सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पैदल हिडिरहेका उनीहरूमाथि शंका लागेर जाँच गर्दा कम्मरमा बाँधेर लुकाई भारत लैजान लागेको अवस्थामा एपीएफको टोलीले पक्राउ गरेको हो । उनीहरूबाट ३ चक्का सुन बरामद गरिएको छ र उनीहरूलाई आवश्यक कारबाहीका लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

बरामद सुनको भन्सार दाखिला मूल्य ४७ लाख ६६ हजार ५ सय ८० रुपैयाँ रहेको छ ।


  •  
  •  
  •