स्नोडेनको ईमेलमा ट्वीटरले पठायो ४७ जिबी नोटिफिकेशन

288
  •  
  •  
  •  

edward-snowdenकाठमाडौँ, असोज(एजेन्सी) : केही दिन पहिले अमेरिकी जासुसी संस्था एनएसएका पूर्व कन्ट्राक्टर एडवर्ड स्नोडेनले ट्वीटरमा एकाउन्ट बनाएका थिए । उनको ट्वीटर एकाउण्टमा १२ घण्टाभित्रै एनएसए भन्दा पनि धेरै फलोअर्स भएका थिए ।

उनको साथ अर्को एक घटना यस्तो पनि भयो की उनको इमेल आईडीमा ४७ जिबी भन्दा बढीको मेल आएको थियो । तर, उनले आफ्नो जुन इमेल आईडीबाट ट्वीटरमा एकाउन्ट बनाएका थिए, त्यसमा उनले नोटिफिकेशन डिसेबल गर्न बिर्सिए, यसकारण ट्वीटरका सबै नोटिफिकेशन उनको इमेलमा आयो ।

उनले आफ्नो ट्वीटरमा ट्वीट नोटिफिकेशन अफ गर्न भूले र ट्वीटरले मेरो इमेलमा फलो, फेवरेट, रि-ट्वीट, डिएमसँग जोडिएका नोटिफिकेशन सबै आयो जुन ४७ जिबीको रहेको छ ।

[box type=”shadow” ]

[/box]

स्नोडेन ट्वीटरमा आउने बित्तिकै विश्वभरका मानिसले उनको बारेमा ट्वीट गर्न थाले र उनलाई पनि ट्याग गर्न थाले ।

ट्वीटरमा स्नोडेनको १.२६ मिलियन फलोअर्स छन् । उनको पहिलो ट्वीट १.१० लाख पटक फेवरेट गरिएको छ र १.२० लाख मानिसले रि-ट्वीट गरेका छन् ।


  •  
  •  
  •