काठमाडौ, १४ माघ(एजेन्सी) : ट्वीटरले आप्ना प्रयोगकर्ताहरूलाई नयाँ सुविधा दिएको छ । आफ्नो प्रतिद्धन्द्धी सामाजिक सञ्जाल फेसबुक र इस्टाग्रामजस्तै भिडियो बनाउने, इडिट गर्ने र सेयर गर्नका लागि एक नेटिव मोबाइल एप्लिकेशन सार्वजनिक गरेको छ । यसका साथै प्रयोगकर्तालाई पाइभेट म्यासेज पठाउने सुविधा पनि सुरू गरेको छ । अब ट्वीटर प्रयोगकर्ताले एक पटकमा २० मानिसलाई ग्रुप म्यासेज पठाउन सक्छन् ।
ट्वीटरको पोडक्ट डायरेक्टर जीनन कामदारका अनुसार ट्वीटरमा भिडियो सुविधा अहिलेसम्म मात्र विज्ञापनदाता, पब्लिक फिगर, र धेरै फलोअर्स हुनेहरूलाई मात्र दिइने गर्थ्यो । तर, अब सबै प्रयोगकर्ताले भिडियो सुविधा पनि प्राप्त गर्नेछन् ।
ट्वीटरको नयाँ भिडियो सुविधामा प्रयोगकर्तालाई भिडियो क्लिप अपलोड गर्ने सुविधा दिन्छ । यो ३० सेकेण्डको भिडियो क्लिप हुनेछ, जुन प्रयोगकर्ताको टाइमलाइनमा अटो प्ले हुनेछ । आईफोन प्रयोगकर्ता आफ्नो क्यामराबाट भिडियो बनाएर सीधे इडिट र अपलोड गर्न सक्छन् । यो सुविधा चाँडै नै एन्ड्रोइड प्रयोगकर्ताको लागि पनि आउने छ ।
ठूला भिडियोको साथै ट्वीटरले ग्रुप म्यासेज सुविधा पनि पेश गरेको छ, जसले यो सामाजिक सञ्जाल नेटवर्किङ प्लेटफर्म बनाउने क्रममा झन् नजिक आएको छ । कुनै लाइभ कार्यक्रमको लागी पनि आफ्नो अनुभव सेयर गर्न सकिन्छ ।