ट्विटरमा आन्तरिक समस्या अाएकाेले पासवर्ड परिवर्तन गर्न आग्रह

390
  •  
  •  
  •  

२१ वैशाख : ट्विटरमा आन्तरिक समस्या अाएकाेले पासवर्ड परिवर्तन गर्न आग्रहगरेेकाे छ। ट्विटरले आफ्ना सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न अाग्रह गरेकाे हाे छ ।

ट्विटरले आन्तरिक नेटवर्कमा केही समस्या देखिएकाले आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो ।

यद्यपि पासवर्ड चोरी भएको या कुनै दुरुपयोग भएको प्रमाण भने पाइएको छैन । तर, सावधानी अपनाउन पासवर्ड परिवर्तन गर्नुपर्ने ट्विटरकाे कार्यालयले जनाएकाे जनाएको छ ।

ट्विटरका कार्यकारी प्रमुख ज्याक डोरसेले भनेका छन्, ‘हालै हामीले केही बग फेला पत्ता लगायौं जहाँ मास्किङरहृयासिङ प्रक्रिया पूरा गर्न आन्तरिक नेटवर्कमा केही लेखिएको थियो । त्यो समस्यालाई समाधान गरिसकिएको छ । दुरुपयोग भएको कुनै संकेत पनि पाइएन । र, हामीले यस आन्तरिक समस्याको बारेमा जानकारी दिँदा राम्रो हुन्छ ।’

ट्विटरमा देखिएको समस्याबाट कति प्रयोगकर्ता प्रभावित भए भन्ने कुराको जानकारी भने दिइएको छैन ।

We recently discovered a bug where account passwords were being written to an internal log before completing a masking/hashing process. We’ve fixed, see no indication of breach or misuse, and believe it’s important for us to be open about this internal defect. https://t.co/BJezo7Gk00
— jack (@jack) May 3, 2018


  •  
  •  
  •