कोरोनाविरुद्धको अभियानमा ट्वीटरका प्रमुखको एक अर्ब अमेरिकी डलर सहयोग

94
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको अभियानका लागि सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

डोर्सीले आफ्नो कुल सम्पत्तिको २८ प्रतिशत रकम सहयोग गर्ने बताएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘आवश्यकता बढ्दोक्रममा र अत्यन्त जरुरी रहेको छ ।’

डोर्सीले आफ्नो सहयोग रकम कहाँ जानेछ भन्ने स्पष्ट पारेका छैनन् ।


  •  
  •  
  •