तलब लिन गएकामाथि आत्मघाती हमला, कम्तिमा ३७ को मृत्यु

216
  •  
  •  
  •  

jalalabad-blastकाठमाडौ, ५ बैशाख(एजेन्सी) : अफगानिस्तानको जलालाबाद शहरमा शनिबार बिहान आत्मघाती हमला भएपछि कम्तिमा ३७ मानिसको हत्या भएको छ भने १ सय भन्दा बढी घाइते भएका छन् । आतंकी संगठन आईएसआईएसका प्रवक्ता शाईदुल्ला शाहिदले उक्त हमलाको जिम्मेबारी लिएको छ । उक्त आक्रमणमा परी मर्नेको संख्या बढ्ने आशंका गरिएको छ ।

अफगानिस्तानको स्वास्थ्य विभाग अनुसार जलालाबादमा भएको दोहोरो धमाकामा अधिकांश घाइतेहरूको हालत निकै गम्भीर रहेको छ । विभागका प्रवक्ता इनामुल्ला मियाखेलका अनुसार मर्नेको संख्या बढ्न सक्छ । आईका प्रवक्ता शाईदुल्लाले आत्मघाती हमलावरको पहिचानको खुलासा गर्दै उसको नाम अबु मोहम्मद खुरासानी भएको बताएका छन् । वेबसाइटले यसको प्रामणिकताको पुष्टी भने गरिएको छैन् ।

यसबीच प्रहरी प्रमुख अहमद शेरजादले पत्रकार सम्मेलनमा भने, ‘प्रहरीले यस घटनाको जाँच गरिएको छ की के दोस्रो पटकको हमला घाइतेहरूलाई मद्धत गर्नका लागि पुगेकालाई लक्षित गरिएको थियो ।’

प्रहरीले आत्मघाती हमलाकारीले आत्मघाति ज्याकेट लगाएका थिए या विस्फोटक कारमा डेटोनेट गरेर राखिएको थियो भने खोज गरिरहेको छ । शेरजादले भने, ‘आत्मघाती हमला कस्तो थियो, यसमा केही भन्न हतारो हुन्छ ।’

बताइएको छ की एक आत्मघाती हमलाकारीले आफैलाई शहरको प्राइभेट काबुल बैकको नजिकै विस्फोन गरेका थिए । मिडिया रिपोर्टका अनुसार जब मानिस बैकबाट तलब लिनका लागि लाइनमा बसेका थिए, तब आत्मघाती हमलाकारीले सुसाइड बेल्टलाई डेटोनेट गरेको थियो । दोस्रो धमाका म्युनिसिपालिटी बिल्डिङको नजिकै रहेको एक मस्जिदको नजिकै भएको थियो ।


  •  
  •  
  •