२० हजार भारतीयसँग नेपाली नागरिकता !

237
  •  
  •  
  •  

काठमाडौँ, १ मंसिर(एजेन्सी) : भारतको सीमावर्ती जिल्लाहरूमा नेपाली नागरिकता लिएका करिब २० हजार भारतीय रहेको एक पत्रिकाले खुलासा गरेको छ ।

लखनऊको महाराजगञ्ज जिल्लाको करिब ८० किलोमिटरको सीमा नेपालसँग जोडिएको छ र त्यहाँका करिब २० हजार मानिसहरूसँग नेपालसहित भारतको नागरिकता रहेको नवभारत टाइम्सले जनाएको छ ।

पत्रिकाले सुनौली क्षेत्रमा मात्र १ हजार दोहोरो नागरिकता लिएका मानिसहरू रहेको जनाउँदै उनीहरू नेपालको बेलहिया र भैरहवाका मूल निवासी भएको दावी समेत गरेको छ । यसरि दोहोरो नागरिकता लिएकाहरूले दुवैको देशको निर्वाचनमा भाग लिने गरेको बताउँदै उनीहरूसँग मताधिकार भएका कारण रोक्न नसकिने बताएको छ । यस विषयमा उजुरी मात्र गर्न सकिने र यस सम्बन्धमा जाँचका लागि आदेश दिइन सकिने पत्रिकामा उल्लेख गरिएको छ । यस्तै पत्रिकाले दोहोरो नागरिकता लिनु अपराध भएको भन्दै नेपाली नागरिकता लिएका सबैलाई भारतीय मताधिकारबाट वञ्चित गर्नुपर्ने बताएको छ ।

यसरी दोहोरो नागरिकता लिनु पक्कै पनि अपराध हो । मधेसमा भइरहेको अंगिकृत नागरिकताधारीलाई पनि समान अधिकार दिनुपर्ने मागका कारण त यो विषयम थप संवेदनशील र गम्भिर बनेको छ । दोहोरो नागरिकता लिएका मानिसलाई देशभित्र समान अधिकार दिनु देशभित्र संकट निम्त्याउनु बराबर हुन्छ । यस हिसाबले पनि नागरिकता सम्बन्धि यस्तो गम्भिर विषयलाई दुवे पक्षले ध्यान दिनु आवश्यक हुन्छ । उनीहरूको स्थायी बसोबासको आधारमा उनीहरूको एक देशको नागरिकता त्याग्न लगाउनुपर्छ ।

सीमावर्ती क्षेत्रको एक जिल्लामा मात्र २० हजारभन्दा बढी भारतीयले नेपालको नागरिकता लिएका छन् भने पूर्व मेचीदेखि महाकालीसम्मका सीमावर्ती भारतीय जिल्लाहरुमा नेपाली नागरिकताधारीको संख्याबारे अनुमान गर्न कठिन छैन ।


  •  
  •  
  •