लामिछानेको ‘ट्यूनस अफ एग्जिस्टेन्स’ अमेरिकाको अमेजनबाट प्रकाशित

576
  •  
  •  
  •  

lamicheneकाठमाडौं, १७ वैशाख (ओएनएस) : नेपाली साहित्यमा शिशिर शर्मा उपनामले कविता, कथा र गीत लेखिरहेका शिव लामिछानेको कथासंग्रह ‘ट्यूनस अफ एग्जिस्टेन्स’ प्रकाशित भएको छ । अमेरिकाको साउथ क्यारोलाइनामा कार्यालय रहेको विश्वप्रसिद्ध अनलाइन व्यापार गर्ने प्रतिष्ठान अमेजनले सो कथासंग्रह प्रकाशन गरेको हो ।

नेपाल तथा भारतको सामाजिक, सांस्कृतिक, राजनीतिक विषयवस्तुका साथै अमेरिकाजस्तो मुलुकमा पनि नारीमाथि हुने अपहेलनालगायतका सन्र्दभमा केन्द्रित विभिन्न आठ कथाहरु सो पुस्तकमा संग्रहित छन् । कथामा यौन मनोविज्ञान, महिलामाथिका सामाजिक, आर्थिक असमानता तथा उनीहरुमाथिको भेदभावलाई गहन रुपमा चिरफार गरिएको छ । 
अंग्रेजी भाषामा प्रकाशित यस पुस्तकले नेपाल तथा भारतीय उपमहाद्वीपका समाजमा देखिएका दाइजोप्रथाका समस्यालाई पनि उजागर गरेको कथाकार लामिछानेले बताए । दुई वर्षदेखि अमेरिकामा बस्दै आएका लामिछानेको अंग्रेजी भाषामा प्रकाशित यो दोस्रो कृति हो । पुस्तक १८४ पृष्ठको छ ।
यसअघि सन् २०१२ मा उनको अंग्रेजीमा लेखिएको बालकथाहरुको संग्रह ‘गोल्डेन बल इन अ पिग्गी बेङक’लाई बाल्टिमोरमा कार्यालय रहेको ‘पब्लिस अमेरिका’ले प्रकाशन गरी अन्तर्राष्ट्रिय बजारमा विक्रीवितरण गरिरहेको छ । 
कवि, गीतकार एवं कथाकारका रुपमा नेपाली भाषामा लामिछानेका अस्तित्वको खोजी, मास्टरको कोट , मेरी छोरीको देश समेत तीन कवितासंग्रह र अन्य विधा तीन समेत छ वटा पुस्तक र एक गीति एल्बम प्रकाशन भएका छन् ।

  •  
  •  
  •