अनुहार सुन्दर बनाउन यसरी प्रयोग गर्नुस् बेसार

450
  •  
  •  
  •  

besarसबैको भान्सामा बेसार अनिवार्य जस्तै हुन्छ । खानका परिकारलाई आकर्षक बनाउन बेसार राखिन्छ । एकछिन कल्पना गर्नुहोस त बेसार बिनाको तरकारी कस्तो होला ?

पक्कै पनि बेसार नराखिएको तरकारीतर्फ हाम्रो आँखा कमै जान्छ । बेसारले खानाका परिकारलाईमात्र आकर्षक होइन शरिरलाई पनि आकर्षक र मुहारलाई सुन्दर बनाउँछ ।

आकर्षक र सुन्दर अनुहारका लागि आजभोली फेसियल गर्ने चलन बढ्दै गएको छ । तर सबैलाई फेृसियल गर्ने समय नमिल्न सक्छ । यस्तो अवस्थामा भान्सामै रहेका बेसारको मद्दत लिन सकिन्छ ।

बेसार प्रयोग गर्ने तरिका : दुई सानो चम्चा बेसनमा आधा चम्चा बेसार मिसाएर यसमा १० थोप्ला गुलाव जल मिसाउनुहोस् । त्यसमा कागती पनि मिसाउनुहोस् र अनुहारमा लगाउनुहोस् । नुहाउनुभन्दा पहिला यो लेप लगाउनुहोस् र आधा घण्टापछि पखाल्नुहोस् अनि आफ्नो अनुहार ऐनामा हेर्नुहोस् । तपाई निकै आकर्षक देखिनु भयो होला ।


  •  
  •  
  •