टर्की ‘युद्धविराम’ गर्न सहमत

69
  •  
  •  
  •  

एजेन्सी । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तरी सिरियामा कुर्द नेतृत्वको फौजलाई पछाडि हट्न सहज हुनेगरी युद्धविराम गर्न टर्की सहमत भएको बताएका छन् ।

अंकरामा उपराष्ट्रपति पेन्स र टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनबीच छलफल भएपछि यस्तो भनाइ बाहिर आएको हो ।

बीबीसीले जनाए अनुसार सम्पूर्ण सैन्य कारबाही पाँच दिनको लागि रोकिएको छ र अमेरिकाले कुर्दहरूलाई व्यवस्थित ढंगबाट फिर्ता गर्न सघाउनेछ ।

सीमा क्षेत्रमा टर्कीले आफ्नो ‘सुरक्षित क्षेत्र’ बनाउन चाहेको ठाउँबाट अमेरिकाले कुर्दहरूलाई हटाउनेछ ।
टर्कीले युद्धविराम गर्ने कुरा उपराष्ट्रपति पेन्सले भन्दा पहिले राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ट्वीटमार्फत् बताएका थिए ।
उनले दशौँ लाख मानिसको जीवनरक्षा हुने आशय व्यक्त गरेका थिए ।

त्यसको केहीपछि उनले भनेस् ‘यस्तो सम्झौता तीन दिनअघि कसैगरी हुन सक्दैनथ्यो । यसो हुनका लागि केही ‘चर्को’ प्रेमको खाँचो पर्यो। सबैलाई राम्रो भयो। सबैप्रति गर्व गर्छु ।’

यसअघि टर्कीले आक्रमण सुरु गरेकै दिन ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनलाई लेखिएको एउटा पत्र सार्वजनिक भएको थियो ।

टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोग्लुले पत्रकारहरूसँग कुरा गर्दै सिरियन डेमोक्यार्टिक फोर्सेस (एसडीएफ)ले सीमा क्षेत्र छाडेपछि मात्र सैन्य कारबाही स्थायी रूपमा रोकिने बताएका छन् ।


  •  
  •  
  •