टर्किस एयरलाइन्सको जहाजमा चरा ठोक्कियो, विमान सुरक्षित

137
  •  
  •  
  •  

काठमाडौँ, २३ कात्तिक(ओएनएस) : भारतको नयाँ दिल्लीका लागि उडेको टर्किस एयरलाइन्सको जहाजमा चरा ठोक्किएको छ । दिउँसो करिब १ बजे उडेको विमान करिब ४ सय फिट माथि पुगेको अवस्थामा चरा ठोक्किएको हो ।

सय बढी यात्रु बोकेर दिल्लीका लागि उडेको टीएचवार्इ २२७ टर्किस जहाजले उचाईं लिनेबित्तिकै चरो ठोक्किएपछि बम पड्कैजस्तै आवाज आएको थियो । त्रिभुवन विमानस्थल प्रशासनले जहाजमा चरा ठोक्किएपछि खोजतलास गर्दा पखेंटोमात्र भेट्टाएको जानकारी दिएको छ ।

चरा ठोक्किँदा जहाजमा खासै क्षति पुगेको छैन । ठोक्किएपछि ठूलो आवाज आएपनि दिल्लीका लागि उडिसकेको जहाज फर्काइएन । चालक दलका सदस्य र यात्रुहरु सुरक्षित छन् ।


  •  
  •  
  •