टर्कीको सैन्य विमानले खसाल्यो रूसी सैन्य विमान

159
  •  
  •  
  •  

russian plane shot sownकाठमाडौँ, ८ मंसिर(एजेन्सी) : सीरिया सीमामा टर्कीको एक सैन्य विमानले रूसको एक सैन्य विमान खसालेको छ । समाचारमा जनाइए अनुसार उक्त विमानले हवाई सीमाको उल्लंघन गरेपछि उक्त विमान खसालिएको हो ।

टर्कीको एक टेलिभिजनको रिपोर्ट अनुसार सैन्य विमान रूसको रहेको थियो । उक्त टेलिभिजनले एक भिडियो जारी गरेर विमान आगो लागेको अवस्थामा झर्दै गरेको दृश्य देखाईएको छ ।

russian plane shot sown1एक सैन्य अधिकारीले बताए अनुसार सैन्य विमानलाई पहिले चेतावनी दिइएको थियो । तर, विमानले चेतावनीको वेवास्ता गरेपछि टर्कीको एफ१६एस विमानले उक्त विमान खसालेको थियो ।

विमान सीरियामा युद्ध क्षेत्रतर्फ आईरहेको अर्को सञ्चारमाध्मयले जनाएको छ । विमानमा दुई विमान चालक थिए । तर, उनीहरूको विषयमा कुनै जानकारी प्राप्त भएको छैन् ।

टर्की गत ११ अक्टुबरमा पनि एक रूसी युद्धक विमान खसालेको थियो । अक्टुबरको पहिलो साता नाटोले सीरिया र टर्कीमा गरिएको हवाई हमलालाई लिएर चेतावनी समेत दिएको थियो । २८ देश सदस्य रहेको नाटोमा टर्कीले आफूहरूले रूसको एक लडाकु विमान आफ्नो सीमाभित्र छिर्नबाट रोकेको बताएको थियो ।

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •