५२ दिनपछि पर्यटनको आन्दोलन फिर्ता

274
  •  
  •  
  •  

काठमाडौं ५ असार (ओएनएस) : अख्तियार दुरुपयोग आयोगको हस्तक्षेप गर्ने चेतावनीसँगै पर्यटन वोर्डको आन्दोलन फिर्ता भएको छ । पर्यटन व्यवसायीको आन्दोलनका कारण विगत ५२ दिनदेखि बन्द रहेको नेपाल पर्यटन बोर्डको कार्य बिहीबारदेखि सुचारु भएको छ । पर्यटन बोर्डको गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै तत्काल कार्य सुचारु गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएपछि आजदेखि बोर्ड सञ्चालनमा आएको हो ।

त्यसैगरी पर्यटन बोर्डमा भएका अनियमितताको छानवीनको माग राख्दै आन्दोलनरत संयुक्त पर्यटन समन्वय समिति (जेटिसिसी) ले पत्रकार सम्मेलन गरी आफनो पाँच बुँदे माग पुरा भएको भन्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको बताएको छ ।

आन्दोलनरत पक्षको माग अनुरुप पर्यटन बोर्डको आर्थिक गतिविधिको छानविन तथा संरचनागत सुधारका लागि मंत्रालयले व्यवसायीको प्रतिनिधित्व रहने गरी दुइ वटा छुटटछुटटै समिति गठन गरिसकेको छ ।


  •  
  •  
  •