भागवण्डा मिलाउँदा टुक्रिने भाे मन्त्रालय, कुन-कुन मन्त्रालय टुक्रिदैँछन्?

386
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस):  एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेलीले तीन तिहाईकाे सरकार बनाउन मधेसवादी दल फाेरम र राजपालाई पनि सरकारमा सहभागी गराउने क्रममा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित कायम भएकाे १८ मान्त्रालयबाट बढेर २१ मन्त्रालय पुर्याउन लागेका छन्।

स्राेतका अनुसार हाल कायम भएकाे मन्त्रालय फुटाएर प्रधानमन्त्री अाेलीले मन्त्रालयकाे संख्या २१ पुर्याउन गृहकार्य थालेका छन्।

मधेसवादी दल पनि सरकारमा आउने भएपछि प्रधानमन्त्री ओलीले तीनवटा मन्त्रालय थप्न लागेका छन् । प्रधानमन्त्रीको कार्यालयसहित अब मन्त्रालयको संख्या २१ पुग्ने भएको छ । देश संघीयतामा गएपछि गठित उच्चस्तरीय समितिले १५ वटा मात्रै मन्त्रालय संघीय सरकारमा राख्न सुझाव दिएको थियो ।

तर, तीन तिहाइको सरकार निर्माणमा अग्रसर प्रम ओलीले मधेसवादी दलका लागि मन्त्रालय थप्ने निर्णय गरेका हुन् ।

थपिएका मन्त्रालयहरुमा सिचाइँ, युवा तथा खेलकुद र श्रम तथा रोजगार गरी तीन मन्त्रालय रहेका छन् । यी मन्त्रालय हाल रहेका मन्त्रालय फुटाएर बनाउन लगिएकाे हाे।

यी दुर्इ मन्त्रालय फुटाइदैँ

ओली सरकारले श्रम, रोजगार तथा महिला बालबालिका मन्त्रालय पनि फुटाएको छ । अबबाट श्रम तथा रोजगार र महिला तथा बालबालिका फरक फरक मन्त्रालय हुने भएकाे छ।

त्यसैगरी ओली सरकारले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय फुटाएको छ । जस अनुसार अबबाट शिक्षा र युवा तथा खेलकुद मन्त्रालय अलग्गै अस्तित्वमा हुनेछन् ।

प्रशासन विज्ञकाे प्रम अाेलीलार्इ सुझाव

दलहरुबीच भागबन्डा मिलाउने नाममा मन्त्रालय टुक्राउन नहुने विज्ञहरुले सुझाव दिएका छन्। धेरै जसो अधिकार प्रदेश र स्थानीय तहमा गइसकेको भनदै केन्द्रमा सानो मन्त्रिपरिषद् हुँदा राम्रो हुने प्रशासन विज्ञले सुझाएका छन्।

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ। उसले दुई मन्त्रालय मात्र पाउने सम्भावना रहेको बुझिएको छ।


  •  
  •  
  •