
एजेन्सी । टर्की भूकम्पपछि उद्धारकर्मीहरुले भग्नावशेषमुनि जन्मिएका शिशुको उद्धार गरेको छ । आमा मृत अवस्थामा र शिशु जीवितै भेटेको र अहिले शिशुको स्वास्थ्य अवस्था स्थिर रहेको बीबीसीले जनाएको छ ।
भूकम्पमै परेर ती शिशुका बुवा, चार दाजुभाइ र एक काकीले पनि ज्यान गुमाएको शिशुका आफन्तलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
इडलिब प्रान्तको विपक्षी नियन्त्रित एक सहरबाट उनको उद्धार भएको हो । टर्कीमा गएको भूकम्पका कारण टर्की र सिरियामा गरी सात हजार ८ सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।