टुँडिखेलमा घोडेजात्रा(फोटोफिचर)

887
  •  
  •  
  •  


काठमाडौं । घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार विशेष कार्यक्रम आयोजना गरिएको छ ।
घोडेजात्रा काठमाडौं उपत्यकामामात्र मनाइने भएपनि सरकारले राष्ट्रिय पर्वको मान्यता दिँदै काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने गरेको छ ।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमशः उपसेनानी श्रीवत्स सिलवाल र सहसेनानी प्रवीण लामिछाने तथा शो–जम्पका प्रथम लिलाराज खड्का र द्वितीय प्यूठ रोशनकुमार श्रेष्ठलाई पुरस्कार प्रदान गरिन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाण सैनिक मञ्च टुँडिखेल जानुभई सेनाद्वारा प्रस्तुत अश्वकला र कुकुरका विभिन्न क्रियाकलाप र खेलको अवलोकन गरे ।

सो अवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत राईडर पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड, साइकल दौड, शो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, लान्स, क्रिज र सुइरो, घोडा लडाउने र कुदिरहेको घोडाबाट चढ्ने र ओर्लने, म्यूजिकल राइड, क्रसकन्ट्री जम्प, हङ्गेरियन पोष्ट र सामूहिक जम्प प्रदर्शन गरियो ।

कार्यक्रममा कुकुरको कौशलअन्तर्गत विविध रोमाञ्चक क्रियाकलाप र कलासमेत प्रदर्शनी गरियो । कुकुरलाई इमान्दार र आज्ञापालक जनावरका रुपमा लिइछ । घोडेजात्रा अवलोकनका लागि कायम मुकायम प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी टुँडिखेल पुगेका थिए ।

हेर्नुस् तस्वीरहरु

तस्वीरः नेपाली सेना


  •  
  •  
  •