विद्यार्थीभन्दा प्राध्यापक धेरै

486
  •  
  •  
  •  

६ असार, काठमाडौं – त्रिभुवन विश्वविद्यालय मानविकी संकायअन्तर्गतका केही विषयमा विद्यार्थी भन्दा प्राध्यापक धेरै हुन थालेका छन् । पाठ्यक्रममा समय सापेक्ष परिवर्तन नहुँदा र अध्ययनपछिको विकल्प बलियो नहुँँदा विद्यार्थी संख्या नगन्य छ ।

त्रिविमा कुनै समय विद्यार्थीको राम्रो आर्कषण हुने इतिहास विषयले चालू शैक्षिक सत्रमा स्नातकोत्तर तहमा ७ विद्यार्थीमात्र पाएको छ ।

समेस्टर प्रमाणीमा इतिहासका लागि ५० जनाको कोटा छुट्याइए पनि विद्यार्थी आएनन् । यी ७ विद्यार्थीका लागि १७ स्थायी प्राध्यापक छन् । पढेर पनि रोजगारी पाउन कठिन भएपछि विद्यार्थीको आकर्षण घट्दै गएको त्रिविका केन्द्रीय इतिहास प्रमुख विजयकुमार मानन्धर बताउँछन् ।

‘इतिहास अध्ययन गरेका विद्यार्थीलाई राज्यले उपयोग गर्न नसक्दा विषयप्रतिको आकर्षण नै हराएको छ, उनी भन्छन्,’अब त बन्दै हुने अवस्थामा पुगेको छ ।’ हिन्दी भाषाको स्थिति पनि त्यस्तै छ । १ जना विद्यार्थीका लागि स्थायी र आंशिक गरी ७ प्राध्यापक छन् ।

संस्कृत र हिन्दीसँगै मानविकी संकायअन्तर्गत अहिले २६ विषयको अध्यापन भइरहेको छ । ती मध्ये आधाजसो विषयमा कोटाभन्दा थोरै विद्यार्थी भर्ना भएका छन्, आधा विद्यार्थी नै पाएका छैनन् । त्रिविले चालू शैक्षिक सत्रमा अंग्रेजी भाषावाट परीक्षा लिने व्यवस्था गरेपछि कम विद्यार्थी भर्ना भएको मानविकी संकायका डिन चिन्तामणि पोखरेलले वताए ।

कारोबार दैनिकबाट


  •  
  •  
  •