काठमाडौँ, १४ पुस (ओएनएस) : त्रिभवन विश्वविद्यालयले प्रत्येक वर्ष आयोजना गर्ने दीक्षान्त समारोह यो बर्ष पनि काठमाडौंको दशरथ रंगशालामा आयोजना ग-यो ।
प्रत्येक साल ५० हजारभन्दा बढि विद्यार्थीले स्नातक, स्नातकोत्तर र विद्यावारिधी तह उत्तिर्ण गरेपनि यो वर्षको ४० औं दिक्षान्त समारोहमा करिब ८ हजारको हाराहारीमा मात्र विद्यार्थी उपस्थित भएका थिए ।
यो साल ५३१७८ जना विद्यार्थीले उत्तिण गरेका थिए । विश्वविद्यायलका ६० आंगिक तथा ९ सय सम्बन्धनप्राप्त क्याम्पसका ९ संकायका विद्यार्थीले समारोहमा सहभागिता जनाएका थिए । हेरौ केहि झलक :-