नेवि संघले त्रिवि उपकुलपतिको कुर्सी जलायो

273
  •  
  •  
  •  

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्सी जलाएको छ । नेविसङ्घ त्रिभुवन विश्वविद्यालय इकाइ समितिका विद्यार्थीले उपकुलपति डाक्टर धर्मकान्त बास्कोटाको कुर्सी जलाएका हुन् ।

उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्न गएको टोलीले कुर्सी जलाएको छ । त्रिविको उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी पनि गरेको प्रहरी प्रभाग कीर्तिपुरले जनाएको छ ।

विश्वविद्यालय अन्तर्गतका निकायमा उपकुलपतिले नेकपाका नेता तथा कार्यकर्तालाई मात्रै नियुक्त गरेको नेविसङ्घको आरोप छ ।


  •  
  •  
  •