एकै वर्षमा त्रिविका सवा लाख विद्यार्थी घटे

163
  •  
  •  
  •  

काठमाडौं ७ साउन (ओएनएस) :  त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा एकै वर्षमा आश्चर्यजनक रुपमा विद्यार्थी घटेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा भएकाले अघिल्लो वर्ष बढेका यस बर्ष घटेका हुन् ।  आर्थिक वर्ष ०६९-७० को तुलनामा ०७०-७१ मा एक लाख  २५ हजार विद्यार्थी कम देखिएका छन् ।

त्रिवि योजना महाशाखाका अनुसार ०६९-७० मा दुई लाख ७३ हजार ४ सय ४९  विद्यार्थी रहेकोमा ०७०-७१ मा एक लाख ४८ हजार एक सय ४१ विद्यार्थी छन् । ०७० जेठमा हुने भनिएको स्ववि युचुनाव फर्जी विद्यार्थी भर्ना विवादले रोकिएको थियो । अघिल्लो वर्ष स्ववियु चुनाव घोषणा भएपछि विद्यार्थी धेरै भर्ना भएको तर स्वविय चुनाव नभएप्छि यस वर्ष ह्वात्तै घटेको त्रिवि योजना महाशाखाका प्रमुख प्राध्यापक प्रहलाद पन्तले बताए ।
नयाँ पत्रिका दैनिक


  •  
  •  
  •