त्रिविले ७ सय बढी कर्मचारी माग्यो

43
  •  
  •  
  •  

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ७ सयभन्दा बढी पदमा कर्मचारी आह्वान गरेको छ ।
त्रिवि सेवा आयोगले खुल्ला तथा समावेदी प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि आइतबार विज्ञापन प्रकाशित गरेको हो ।

उपप्रशासक, शाखा अधिकृत, लेखा अधिकृत, स्टाफ नर्स, बुक बाइन्डरसम्मका पदमा विज्ञापन खुलेको छ । सबैभन्दा बढी ७७ जना स्टाफ नर्स माग गरिएको छ । यसैगरी ५१ जना कार्यालय सहायक, ४३ जना मुख्य कार्यालय सहायक, ४० जना शाखा अधिकृत, २६ जना पुस्तकालय अधिकृत, २१ जना मुख्य लेखा सहायक र १५ जना लेखा अधिकृत पदमा विज्ञापन प्रकाशित भएको छ ।

हेर्नुहोस् विज्ञापन


  •  
  •  
  •