टी–शर्ट लिलाम गर्दै बटलर

528
  •  
  •  
  •  

एजेन्सी । इंग्ल्याण्ड टिमका विकेटकिपर ब्याट्सम्यान जोस बटलरले आफ्नो टी शर्ट लिलाम गर्ने इच्छा व्यक्त गरेका छन् ।

उनले उक्त टिसर्ट २०१९ को विश्वकप फाइनलमा लगाएका थिए । बटलर अहिले लन्डनको एक अस्पतालका लागि फण्ड कलेक्सनमा जुटेका छन् । टी सर्ट लिलामी गर्ने इच्छा रहेको भन्दै उनले सामाजिक सञ्जाल ट्वीटरमा भिडियो पनि पोस्ट गरेका छन् ।

बटलरले २०१९ को विश्वकप फाइनलको सुपर ओभरमा रन आउट गरेका थिए । सोही रनआउटका कारण पहिलो पटक इंग्ल्याण्डले विश्वकप जितेको थियो ।

सुपर ओभर पनि बराबरमा टुंगिए पछि इंग्ल्याण्ड बाउन्ड्रिका आधारमा विश्व विजेता बनेको थियो ।

हेर्नुहोस्


  •  
  •  
  •