एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले क्यापिटल बिल्डिङभित्र पसेर प्रदर्शन गरेका छन् । अमेरिकी कांग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला प्रदर्शन गरेका हुन् । बीबीसीका अनुसार सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र छिरेका थिए । त्यसपछि बहस नै रोक्नु परेको थियो । ट्रम्पका समर्थकहरुले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएका छ । अवस्था नियन्त्रण बाहिर गएपछि थप सुरक्षा बल तैनाथ गरिएको थियो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई पछि हट्न र लोकतान्त्रिक कार्यलाई अघि बढाउन दिन आग्रह गरेका छन् ।
उनले ट्वीट गर्दै पनि ट्रम्पलाई समर्थकलाई उक्त स्थानबाट हटाउन आग्रह गरेका छन्।
एउटा अर्को ट्वीटमा उनले क्यापिटल बिल्डिङमा केही व्यक्तिहरूले जे गरे ती कानुन अवज्ञा गर्ने अतिवादी मानिसहरू भएको लेखेका छन्।
I call on President Trump to go on national television now to fulfill his oath and defend the Constitution by demanding an end to this siege.
— Joe Biden (@JoeBiden) January 6, 2021
राष्ट्रपति ट्रम्पले चाहिँ समर्थकहरूलाई शान्ति बनाइराख्न आग्रह गरेका छन्।
उनले ट्वीट गर्दै ‘क्यापिटल प्रहरीलाई सहयोग गर्नुहोस् भनेका छन्।
Please support our Capitol Police and Law Enforcement. They are truly on the side of our Country. Stay peaceful!
— Donald J. Trump (@realDonaldTrump) January 6, 2021