काेराेनाकाे उपचाररत ट्रम्पले ह्वाइट हाउसमा सार्वजनिक कार्यक्रम गरे

55
  •  
  •  
  •  

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमित भइ उपचार गराएपछि पहिलो पटक सार्वजनिक रुपमा उपस्थित भएर सम्बोधन गरेका छन् ।

उनी अहिले पनि उपचारकै क्रममा छन्। तर तीन दिनको अस्पताल बसाई र केही दिन ह्वाइट हाउसमै डाक्टरको निकगरानीमा रहेका उनले शनिबार ह्वाइट हाउसमा आफ्ना समर्थकलाई सम्बोधन गरेका हुन्।

ह्वाइट हाउसमा भएको सो कार्यक्रमलाई आधिकारिक रुपमा ‘शान्तिपूर्ण प्रदर्शन’ भनिएको थियो, तर सो कार्यक्रमण ट्रम्पको चुनावी र्‍याली जस्तो देखिएको आलोचकले बताएका छन्।

ट्रम्पले सम्बोधनको क्रममा आफूले कोभिड–१९ विरुद्धका औषधि लिन छोडेको र आफूले राम्रो महसुस गरिरहेको बताए। ह्वाइट हाउसले गएको बिहीबार यता ट्रम्पको स्वास्थ्य अवस्थाबारे कुनै पनि जानकारी सार्वजनिक गरेको छैन। अहिलेसम्म ट्रम्प अझै पनि संक्रामक छन् कि छैनन् भन्ने स्पष्ट भएको छैन।

आउँदो नोभेम्बरमा हुने चुनावमा ट्रम्पका प्रतिस्पर्धी डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले पेनसिलभेनियामा चुनावी कार्यक्रम गरेका छन् । उनले कोरोना भाइरसबाट आफ्ना प्रियजन तथा आफन्त गुमाएकाहरुप्रति आफ्नो समवेदना रहेको बताए ।


  •  
  •  
  •